नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै


काठमाडौं, भदौ १९ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ । अष्ट्रेलियाको डार्विनस्थित गार्डेन्स ओभलमा टस जितेर दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’विरुद्ध ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपालले प्रमुख ब्याटर कुशल भूर्तेललाई आराम दिएको छ । उनको स्थानमा राशिद खानले खेलिरहेका छन् । दक्षिण अष्ट्रेलियाले १५ ओभरको खल सकिँदा दुई विकेट गुमाएर ५४ रन बनाएको छ । बलिङतर्फ नेपाल ‘ए’ का राशिद खान र नारायण जोशीले एक एक विकेट लिएका छन् ।

एकदिवसीय शङ्खलामा नेपाल ‘ए’ पहिलो जितको खोजीमा छ । नेपाल ‘ए’ले पहिलो खेलमा अष्ट्रेलियन घरेलु टोली तास्मिनियाविरुद्ध एक विकेटको हार व्यहोरेको थियो । नेपाल ‘ए’ले तेस्रो एकदिवसीय खेल आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।