माथिल्लो त्रिशूली–१ मा ६ जनाको शव फेला


काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ।

शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ‌।

आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका छ।

शुक्रबार दिनभर हेडवर्क्स र सुरूङ क्षेत्रमा खोजी कार्य गरिएको थियो।

बाढी आउनुअघि आयोजनास्थलमा कुल एक हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७६ जनाको उद्धार गर्न सकिएको जनाइएको छ।