काठमाडौँ । गत १० गते बिहान रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ ।
बाढी गएको १३ औं दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक मनाएको हो।
भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आज(भदौ २२ गते) राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार आज देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।




प्रतिक्रिया