काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले टेलिफोन संवाद गरेका छन्।
उनीहरुबीच आज बिहान टेलिफोन वार्ता भएको रास्वपाले जानकारी दिएको छ । वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको बताइएको छ ।
जवाफमा सभापति लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा जारी खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए ।
लामिछानेले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति पनि सरकार समान रूपमा प्रतिबद्ध रहेको बताए। उनले कठिन परिस्थितिमा अमेरिकाले देखाएको सहयोग र ऐक्यबद्धताप्रति अमेरिकी सरकारलाई धन्यवादसमेत व्यक्त गरे।
वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक परे थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेकोसमेत बताएका थिए।




प्रतिक्रिया