काठमाडौं । डा. धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले केन्द्रीय कार्यसमितिमा तीनजना सदस्य मनोनयन गरेको छ ।
पार्टीको विधानबमोजिम उषा थापा मगर, प्रभात पोखरेल र गोपालप्रसाद ढकाललाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जानकारी दिए ।
पार्टी सचिवालय प्रमुख लावतीले सोमबार जारी गरेको विज्ञप्तिमार्फत तीनैजनाको मनोनयनबारे जानकारी गराएका हुन् ।




प्रतिक्रिया