काठमाडौँ। उपत्यकामा केही दिनदेखि खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएपछि सर्वसाधारण नागरिक पिल्सिन बाध्य भएका छन्। बजारमा सहजरूपमा ग्यास सिलिन्डर नपाउँदा उपत्यकाबासीले ठूलो सास्ती खेप्नुपरेको छ। एकातिर उपभोक्ताहरू ग्यासका लागि डिपो-डिपो चाहार्न बाध्य छन् भने अर्कोतिर सरकारले भने सीमा नाकाबाट ठूलो परिमाणमा ग्यास निरन्तर भित्रिइरहेको तथ्यांक पेश गरिरहेको छ।
सरकारी तथ्यांक र बजारको वास्तविकताबीच मेल नखाँदा उपभोक्तामा अन्योल र आक्रोश बढेको छ। यही अवस्थालाई मध्यनजर गर्दै ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन नेपाल आयल निगमले तदारुकता देखाएको छ। बजारमा हुन सक्ने कालाबजारी र कृत्रिम अभावलाई रोक्दै वितरण प्रक्रियालाई सहज बनाउन निगमले ग्यास उद्योगी तथा विक्रेताहरूसँग समन्वय बढाएको छ।
साथै, कृष्णभीरमा वैकल्पिक ट्र्याक खोलेर छिटै आयात सुचारु गर्ने गरी सरकारले काम गरिरहेको छ ।
यसैबीच, उपभोक्तालाई ग्यास पाउन सहज होस् भन्ने उद्देश्यले सरकार तथा आयल निगमले उपत्यकाका विभिन्न क्षेत्रमा ग्यास उपलब्ध हुने स्थान (डिपोहरू) र तिनका सम्पर्क फोन नम्बरहरू सार्वजनिक गरेका छन्। नागरिकले आफ्नो क्षेत्र नजिकै रहेका आधिकारिक डिपो र विक्रेतासँग सिधै सम्पर्क गरी ग्यास प्राप्त गर्न सकून् भनेर यो विवरण सार्वजनिक गरिएको हो–
नेपाल ग्यास (मुख्य डिपो तथा डिलरहरू)
बालाजु (मुख्य कार्यालय र डिपो)०१-४९७०४१६ र ०१-४९५०७५०
बानेश्वर (बानेश्वर ग्यास सेन्टर) ०१-४९६२६५ र ९८५१२४२६७७
पुरानो बानेश्वर (ए.टी.एम. स्टोर) ९८५१०३५१८६
सामाखुसी (बागेश्वरी ग्यास डिपो) ९८४९२७३२७४
बनस्थली (बनस्थली ग्यास ट्रेडर्स) ०१-४३६५११९ र ९८४१७४५४०९
बाफल र कलङ्की (नेपाल ग्यास डिपो)०१-४०३२५४३
सुगम तथा बाबा ग्यास
कलङ्की र मनोज ग्यास डिपो-०१-४२७९३०८
कलङ्की (बाबा ग्यास डिलर)- ०१-४२७१७३४
एभरेस्ट ग्यास
धोबीघाट र ललितपुर (मुख्य कार्यालय) ०१-५५३०४६०
महाराजगञ्ज (हिमाल र एभरेस्ट डिपो)- ०१-४३७५४३०
कोटेश्वर र जडीबुटी क्षेत्र
दहल ग्यास सप्लायर्स (बानेश्वर/कोटेश्वर क्षेत्र)- ०१-४७८५५६० र ९८४१४३६७४७
सरकारी नियमन तथा उपभोक्ता गुनासो
वाणिज्य विभाग (टोल फ्री नम्बर)- ११३७
ग्यास वितरकहरुले ग्यास लिन जानुअघि फोन गरेर स्टक भए/नभएको निश्चित गर्न अनुरोध गरेको छ ।




प्रतिक्रिया