काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबिच टेलिफोन वार्ता भएको छ । सोमबार उनीहरुबीच टेलिफोन वार्ता भएको हो ।
वार्तामा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरे ।
टेलिफोन वार्ताका क्रममा दुवै विदेशमन्त्रीले जलवायु जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका साझा चुनौतीबारे छलफल गरेका थिए ।
उनीहरुले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धन तथा थप प्रभावकारी जलवायु कार्यका लागि सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता जनाएका थिए ।




प्रतिक्रिया