देश छिट्टै सङ्कटबाट निस्किने मन्त्री श्रेष्ठकाे विश्वास


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सरकार, सरोकार भएका निकाय तथा सबै नागरिकको प्रयासले देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्याक्त गरेका छन् । साेमबार सप्तरङ्गी इन्द्रेणी बौद्ध समाजले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग लिँदै उनले आपसी सहकार्य, समन्वय र हातेमालोले सङ्कट सामना गर्न सहयोग पुग्ने बताए।

मन्त्री श्रेष्ठले देश सङ्कटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद पनि दिए। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज स्वयम्भूले आर्थिक सहयोग गरेको छ। समाजका पदाधिकारीले आज प्रधानमन्त्री राहत कोषमा रु दुई लाख एक हजार १०१ आर्थिक सहयोग गरेका हुन्।