जेनजीलाई प्रधानमन्त्री बालेनले भने- ‘सुशासन कायम हुने नै छ’


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जेनजी शहीद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत छोटो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका हुन् ।

‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । ‘शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले भनेका छन् ।