काठमाडौं, भदौ २५ । धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका–७ सोपाङखोलामा पहिरो खसेपछि काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ ।
गएराति ९ बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहानैदेखि चार वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सडक सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डौ भित्रिने र बाहिरिने गाडीले हेटौँडा– काठमाण्डौ जोड्ने वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।




प्रतिक्रिया