भरतपुरमा गुडिरहेकाे ईभीमा आगलागी, चालकको जलेर मृत्यु


काठमाडौं, भदौ २६ । भरतपुर महानगर–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बाप्र०१–०३० च ५५७९ नम्बरको ईभीमा आगो लागेको हो। दमकलको सहायताले आगो निभाइएको थियो। कार पूर्ण रूपमा जलेको छ।