एसीसी प्रिमियर कप : युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौं, भदौ २७ । एसीसी प्रिमियर कप-२०२६ को फाइनल खेलमा नेपालले युएईविरुद्ध टस जितेको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा केहिबेरमा शुरु हुने फाइनलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । देव खनाल र शेर मल्ल सेटमा बाहिरिँदा अजुन कुमाल र सन्दीप जोरा प्लेइङ ११ मा फर्किएका छन् ।

नेपालको प्लेइङ ११ :- आसीफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्र सिंह एरी, सन्दीप जोरा, बासिर अहमद, गुलसन झा, करण केसी, सन्दीप लामिछाने(कप्तान), ललित राजवंशी