प्रचण्ड र बादलप्रति गोकुलको व्यङ्ग्य


काठमाडौं, भदौ २७ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रचण्ड र बादलप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’लाई चुनवाङ बैठकको झल्कोले सताएको टिप्पणी गरेका छन्।

त्यस्तै, एमालेकै पूर्वसांसदले प्रतिनिधिसभा पुनःस्थापना भएको सम्झिएको र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित्ने क्षेत्र सकिएपछि ‘आकाशे क्षेत्र’को खोजीमा लागेको व्यङ्ग्य गरेका छन् ।

उनले भनेका छन्, ‘नोष्टाल्जिक आनन्द ! बादललाई एमालेमा चुनवाङ बैठकको झल्कोले सताउनु, एमालेकै भूतपूर्व सांसदले प्रतिनिधिसभा पुनःस्थापित भएको सम्झनु र प्रचण्डको जित्ने क्षेत्र सकिएकोले आकाशे क्षेत्रको खोजीमा पस्नु । सपना देख्न देउ–हठात नबिँउझाउ कसैले !’