काठमाडौं । आगामि १५ दिनको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय गरिएको छ । शुक्रबार (भदौ २६) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट असोज १ देखि १५ गतेसम्म बस्ने सम्भावित कार्यतालिका तय गरिएको हो ।
असोज पहिलो सातामा प्रतिनिधिसभा बैठक चार दिन बस्नेछ । असोज १, ५, ६, ७ गते बैठक बस्ने तय छ ।
असोज १३, १४ र १५ गते पनि बैठक बस्ने तय छ । असोज १६ पछि भने संसद् अधिवेशन अन्त्य गर्ने गरी छलफल भएको छ ।
यो भदौ अब ३० र ३१ गते बैठक बस्नेछ ।
असोज १ गते बस्ने बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफलको सम्भावित कार्यसूची छ ।
असोज ५ गते बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयकलाई समितिमा पठाउने कार्यसूची छ ।
असोज ६ गते मन्त्रालयगत प्रश्नोत्तर चलाउने तयारी छ । नागरिक लगानी कोष विधेयकमाथि विचार गरियोस् भन्ने प्र्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।





प्रतिक्रिया