२ लाख ८१ हजारभन्दा बढीको अन्तिम सम्पत्ति विवरण दर्ता


काठमाडौं । राष्ट्रिय किताबखानामा निजामती, प्रहरी र शिक्षकतर्फ गरी २ लाख ८१ हजार ९७२ जनाको अन्तिम सम्पत्ति विवरण दर्ता भएको छ।

विवरणअनुसार सबैभन्दा धेरै प्रहरी शाखातर्फ १ लाख ११ हजार ७७८ जनाको सम्पत्ति विवरण दर्ता भएको छ।

राष्ट्रिय किताबखानाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार २०८३ भदाै २९ गतेसम्म निजामती शाखातर्फ ७२ हजार ५०६, प्रहरी शाखातर्फ १ लाख ११ हजार ७७८ र शिक्षक शाखातर्फ ९७  हजार ६८८ जनाको अन्तिम सम्पत्ति विवरण दर्ता भएको हो।