दैलेख, दुल्लु नगरपालिका-५ दुल्लु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २२ वर्षीय जिवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका-१ बस्ने २३ वर्षीय घनश्याम खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेख समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जुम्ला, तातोपानी गाउँपालिका-५ श्रीनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुवास डाँगीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-२ बस्ने ३६ वर्षीय कृष्ण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देवेन्द्र शाही र अछाम साँफेबगर नगरपालिका-१० बस्ने ३० वर्षीय अनिल भुल रहेका छन् । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.६ प ३६६२ र भे.३ प ९४८४ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया