म्याग्दी, १ असोज । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रसुुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि बुधबार ११ लाखभन्दा बढी सहयोग गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए ।
गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट दुई लाख, जनप्रतिनिधिको भदौ महिनाको मासिक सुविधाबाट दुई लाख १० हजार र कर्मचारीको भदौ महिनाको तलबभत्ताबाट सात लाख ६७ हजार ६२६ बराबरको रकम कोषमा जम्मा गरिएको पौडेलले जानकारी दिए ।




प्रतिक्रिया