काठमाडौँ। सरकारले १३ देशमा राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले राजदूतमा सिफारिस नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय समेत गरेको छ।
प्रस्तावित राजदूतहरू
१. निश्चलनाथ पाण्डे- भारत
२. कल्याणराज शर्मा- चीन
३. चिरनजंग थापा-अमेरिका
४.गौरव शमशेर जंगबहादुर राणा-संयुक्त अधिराज्य (यूके)
५. जिग्यानकुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी- जर्मनी
९. पद्माक्षी राणा- ओमान
१०. चूडामणि खरेल- मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ- दक्षिण कोरिया
१२. डा. मंचला झा- श्रीलंका
१३. गिरीबहादुर सुनार- साउदी अरेबिया




प्रतिक्रिया