काठमाडौँ । लागुऔषध ट्रामाडोल कारोबार गरेको मुद्दामा फरार रहेकी एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ घर भएकी २७ वर्षीया वेलीकुमारी घिसिङ छिन् ।
उनलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले बताए ।
बिहीबार पक्राउ परेकी घिसिङ लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेको २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल र ट्रामाडोल एम्पुल १४ सय पिसको कसुरमा फरार थिइन् ।




प्रतिक्रिया