‘भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ, तर उखेल्ने हातहरू बलिया छन्’: प्रधानमन्त्री बालेन


काठमाडौं । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने शक्ति बलियो रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने अभियानलाई सरकारले निरन्तर अघि बढाइरहेको बताए।

“म प्रष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन्। झन् धेरै छन्,” उनले भने।

प्रधानमन्त्री बालेनले विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै सरकारले प्रशासनिक संरचनालाई उपयुक्त आकारमा ल्याउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए। सम्बोधनका क्रममा उनले विद्यमान संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको उनको भनाइ थियो। “यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरुपमा प्रतिबद्ध छ,” उनले भने।