काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
बिहीबार भारत प्रस्थान गरेका वाग्ले शनिबार साँझ फर्किएका हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी निर्मला सीतारमण, विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका थिए ।
भारतसँग उनले जलवायु न्यायका लागि साथ खोजे । यस्तै, वर्तमान सरकार सुशासनमा प्रतिबद्ध रहेको भन्दै नेपालमा लगानी बढाउन वाग्लेले भारतीय पक्षलाई आग्रह गरे ।
भारतीय विदेशमन्त्री जयशंकरसँग उनले आर्थिक र राजनीतिक सहकार्यमा विषयमा छलफल गरे । मन्त्री वाग्लेले भोटेकोशी बाढीलगत्तै राहतका तथा उद्धारमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।




प्रतिक्रिया