काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ती जिल्लाका वडामा नयाँ कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिसमेत छनोट गरिएको छ।
अधिवेशन सम्पन्न हुने जिल्लामा ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर र काठमाडौं रहेका छन्।
त्यस्तै गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा पनि वडा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लामा वडा अधिवेशनको प्रक्रिया आइतबार (असोज ४) पनि जारी रहनेछ।




प्रतिक्रिया