काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको अमेरिका प्रस्थानका क्रममा विमानस्थलमा विगतमा जस्तो औपचारिक बिदाइ, रेड कार्पेट तथा नेपाली सेनाको सलामी देखिएन।
प्रधानमन्त्री कार्यालयले यसअघि नै विदेश भ्रमणमा जाँदा दिइने औपचारिक बिदाइ तथा सेनाको सलामी कार्यक्रम नरहने जनाएको थियो। सोहीअनुसार शाह विमानस्थलमा गाडीबाट ओर्लिएर सिधै विमानतर्फ गएका थिए।
प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत दोहा हुँदै न्यूयोर्क जानेछन्। उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्कने तालिका छ।
स्रोतका अनुसार प्रधानमन्त्रीलाई बिदाइ गर्न गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खड्गराज पौडेल विमानस्थल पुगेका थिए। प्रधानसेनापतिलगायत उच्च सरकारी अधिकारीहरूको औपचारिक उपस्थिति भने थिएन। बालेनले प्रधानमन्त्रीकाे पद सम्हालेपछिको याे पहिलो विदेश भ्रमण हो।




प्रतिक्रिया