भृकुटीमण्डपमा दशैं–तिहार विशेष जुत्ता चप्पल मेला,२० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था


काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै भृकुटीमण्डपमा ११ नेपाली जुत्ता उद्योगीको सहभागितामा वृहत् दशैं–तिहार विशेष जुत्ता तथा चप्पल मेला सञ्चालन भइरहेको छ।


असोज १ गतेदेखि सुरु भएको मेला तिहारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा नेपाली उत्पादकहरूले उत्पादन गरेका विभिन्न डिजाइन तथा शैलीका जुत्ता–चप्पल उपलब्ध छन्।


मेलामा २०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका जुत्ता–चप्पल राखिएको छ। ग्राहकलाई आकर्षित गर्न विभिन्न उत्पादनमा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।


दशैं–तिहारको किनमेललाई लक्षित गर्दै आयोजना गरिएको मेलाले नेपाली जुत्ता उद्योगका उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्‍याउने तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।


आयोजकका अनुसार एउटै स्थानमा विभिन्न नेपाली ब्रान्डका जुत्ता–चप्पल उपलब्ध भएकाले उपभोक्ताले मूल्य तथा डिजाइनअनुसार छनोट गर्न सक्नेछन्।