देशभर वर्षा जारी, बाढीपहिरोको जोखिम


काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार आज र भोलिसम्म वर्षा जारी रहनेछ भने आइतबारदेखि मौसममा क्रमिक सुधार आउने सम्भावना छ।

भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम रहेकाले मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ। गण्डकी र लुम्बिनीमा आज वर्षा बढी केन्द्रित हुने भएकाले लामो दूरीको यात्रा नगर्नसमेत सुझाव दिइएको छ।

पछिल्लो २४ घण्टामा इलामको कन्याममा सबैभन्दा धेरै ११४ मिलिमिटर वर्षा मापन भएको छ। काभ्रेको रोशीमा ९७.८ र पाल्पाको अर्चलेमा ९३.८ मिलिमिटर वर्षा भएको छ।