काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा गरेको सम्बोधनको समर्थन गरेका छन्।
बाँस्कोटाले सामाजिक सञ्जालमार्फत बालेनको सम्बोधन आफूलाई दृढ, सार्थक र जोडदार लागेको बताएका हुन्।
‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले–मैले खुसी मनले समर्थन गरेँ,’ उनले फेसबुकमा लेखेका छन्।
बाँस्कोटाले आफू रास्वपाको समर्थक नभए पनि राष्ट्रसंघको मञ्चमा प्रधानमन्त्री बालेनले देशको भावना प्रस्तुत गरेको भन्दै त्यसलाई समर्थन गरेको बताएका हुन्।
प्रधानमन्त्री शाहले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको महासभामा नेपाली समयअनुसार आज बिहान ५:४५ बजे सम्बोधन गरेका थिए।
प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै नेपालले भोगेको जलवायु परिवर्तनको असर, दीर्घकालीन प्रभाव र त्यसलाई न्यूनीकरण गर्न विश्व समुदायको सहकार्य आवश्यक रहेको बताएका छन्।




प्रतिक्रिया