फोहोर बोकेर ल्यान्डफिल गएका सवारी साधन रोकियाे


काठमाडौंँ । काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल गएका सवारी साधनहरु रोकिएका छन् ।

शुक्रबार बिहान ल्यान्डफिल साइट नजिकै पहिरो गएको र माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर बोकेको गाडी रोकिएको हो ।

यसरी लेदो र माटो थुप्रिँदा फोहोर बोकेका सवारी साधनहरू ल्यान्डफिल साइटसम्म पुग्न नसकेको काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।