नदीमा बाढीको सतह बढ्न थालेपछि करिडोरमा हिड्न रोक


काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोरमा हिड्न रोक लगााएको छ ।

उपत्यकाभित्रका नदीहरूमा बाढीको सहत बढेपछ प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौंका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ ।