खसीको भन्दै बाख्रा र कुकुरको मासु बेच्न खोजेको आरोपमा तीन जना पक्राउ


कैलाली । कैलालीको अत्तरिया र बसपार्क क्षेत्रमा खसीको मासुको नाममा अन्य जनावरको मासु बिक्री गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

अत्तरियास्थित रफिक मासु पसलबाट खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्।

त्यस्तै, बसपार्क क्षेत्रबाट कुकुरको मासु बिक्री गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले भने आफूले कुकुर नभई स्यालको मासु काटेको बयान दिएको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।