सुनसरी । अविरल वर्षापछि सप्तकोशी नदीको जल सतह निरन्तर बढेको छ । जल सतह निरन्तर बढेसँगै ब्यारेजका ३१ ढोका खोलिएका छन् ।
त्यहाँ अपराह्न २:१५ सम्म २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन भएको छ । यो उच्च खतराको संकेत हो ।
बाढी पूर्वानुमान महाशाखाले चतारामा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।




प्रतिक्रिया