काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेट सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फार्मेसीका संचालक कालिकोट पचालझरना गाउँपालिका-८ घर भएका २३ वर्षीय हिमाल शाही, सोही गाउँपालिका-९ घर भएका २१ वर्षीय हिरो विक र शुभ कालीका गाउँपालिका-८ घर भएका २६ वर्षीय उमेश बहादुर शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २२ वर्षीय रूबिन सुनार र धादिङ धुनिवेशी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्तोष तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय निराजन ठकुराठीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-८ गोवरगावाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो ७ सय ३० ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जयनारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ देउरिया बस्ने ५५ वर्षीय रामनारायण राउत थारूलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम र अफिम जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ७० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले रामनारायणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरि बस्ने तनहुँ व्यास नगरपालिका-५ घर भएका २६ वर्षीय राजु न्यौपाने समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले राजुको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय मान बहादुर बुढा र १९ वर्षीय दिपेन्द्र जैसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-१ गणेश चोक बस्ने २६ वर्षीय अजय गान्धरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले अजयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय सरोज थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया