गुल्मी । रुरुक्षेत्र गाउँपालिका–१ लामोचौपारी आसपास कालीगण्डकी र रिडी खोलाको बहाव बढेपछि जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
खोलाको प्रभाव बढ्दै गएपछि स्थानीयले घरका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। गएराति वडाध्यक्ष नवराज विकसहित स्थानीय युवाहरूले जोखिममा रहेका घरका सामान सार्न सहयोग गरेका थिए।
स्थानीय प्रेम भण्डारीका अनुसार रातिदेखि नै युवाहरूको सक्रियतामा जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सारिएको हो। खोलाको प्रभाव थप बढ्न सक्ने भन्दै किनारका बस्तीमा रहेका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।




प्रतिक्रिया