बागलुङ । अविरल वर्षासँगै खसेको पहिरोमा परी बागलुङको ताराखोलामा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार (असोज ९) राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५, धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।
रोका सुत्ने कोठामा रहेका बेला पहिरोले पुरेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया