काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘जेन्जीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार सार्वजनिक भएपछि जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन्।
सोडारीले कुनै पनि जेन्जी अभियान, समूह वा व्यक्तिले जबरालाई धम्की, डर–त्रास वा सुरक्षा खतरा नदिएको बताएाक छन्। जबरालाई सुरक्षा खतरा रहेको भए त्यसको तथ्य र प्रमाण सार्वजनिक गर्न उनले सरकार र प्रहरीसँग जाेडदार माग गरेका छन्।
‘यदि उहाँलाई कुनै व्यक्ति वा समूहबाट सुरक्षा थ्रेट प्राप्त भएको हो भने कसले, कहिले र कस्तो थ्रेट दिएको हो भन्ने तथ्य र प्रमाण तत्काल सार्वजनिक गर्नुपर्छ,’ सोडारीले भने ।
उनले जेन्जी आन्दोलनलाई अपराध, हिंसा वा धम्कीसँग जोडेर बदनाम गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिए । राज्यका निकायबाटै जेन्जी अभियानलाई आपराधिक गतिविधिसँग जोड्ने वातावरण बनाइनु गम्भीर विषय भएको उनको भनाइ छ।
सोडारीले कसैलाई पक्राउ वा नियन्त्रणमा लिँदा स्पष्ट कानुनी आधार, कारण र प्रमाण आवश्यक हुने भन्दै सुरक्षा संवेदनशीलताको नाममा अस्पष्ट आरोप लगाएर नागरिकलाई जानकारीविहीन बनाउन नहुने बताए ।
उनले नेपाल सरकार र नेपाल प्रहरीसँग ‘जेन्जीबाट सुरक्षा थ्रेट’ भनिएको भए त्यसको आधार र प्रमाण सार्वजनिक गर्न माग गरेका छन्। साथै, जेन्जीको नाममा कुनै आरोप लगाइएको भए तथ्यसहित स्पष्ट पार्न र आधारहीन प्रचारमार्फत आन्दोलनलाई बदनाम गर्ने काम नगर्न आग्रह गरे ।
सोडारीले भने, ‘जेन्जीको नाममा कुनै आरोप लगाइएको हो भने तथ्यसहित स्पष्ट गरियोस्। अन्यथा जेन्जी आन्दोलनलाई बदनाम गर्ने आधारहीन प्रचार तत्काल बन्द गरियोस्।’




प्रतिक्रिया