पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले छाड्याे


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले छाडेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु कार्यालयबाट केहीबेरअघि उनलाई आफन्तको जिम्मा लगाएर घरमा पठाएको प्रहरीका एक उच्च अधिकृतले बतायो ।

उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

प्रहरीले राणालाई पक्राउ गरेको नभई सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षाका लागि कार्यालयमा ल्याइएको बताएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख  एसएसपी सन्तोष खड्काका अनुसार राणालाई भौतिक क्षति पुर्‍याउने गतिविधि हुन सक्ने सूचना पाएपछि राति नै प्रहरी टोली उनको निवास पुगेको थियो। ‘हामीलाई राति नै उहाँको जीवनमाथि नै गम्भीर खतरा आएको सूचनापछि सुरक्षा दिने क्रममा हामीले साथमै लिएर आएका हौँ ,’ उनले भने ।

एसएसपी खड्काका अनुसार राति करिब ३ बजे उनलाई प्रहरी कार्यालय ल्याइएको हो। सुरक्षा चुनौती कहाँबाट थियो भन्नेबारे भने उनले खुलाउन चाहेनन्।