काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् ।
प्रचण्डले बिना कारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठुलो मूल्य ठूलो चुकाउनुपर्ने टिप्पणी गरे ।
सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले यस्ते बताएका हुन् । ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ प्रचण्डले भने । यस्ता घटना नदोहोर्याउन उनले सरकारलाई आग्रहसमेत गरे ।
सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनले बताए । यदी साँच्चै ‘सुरक्षा थ्रेट’ थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने उनको भनाइ थियो ।
‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ प्रचण्डले भने, सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन पर्यो नि ।’




प्रतिक्रिया