काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा संकलन भएको रकम तथा त्यसको खर्चको पारदर्शी विवरण संसद्समक्ष प्रस्तुत गर्न माग उठेको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले विपद् व्यवस्थापन र राहतका लागि जम्मा भएको रकम कसरी विनियोजन भइरहेको छ भन्नेबारे जनप्रतिनिधिहरू नै बेखबर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
विपद्का बेला स्थापना गरिएका कोषहरूमा विभिन्न निकाय, संघ-संस्था र सर्वसाधारणबाट रकम संकलन भए पनि त्यसको आधिकारिक र पारदर्शी लेखाजोखा सार्वजनिक नभएको उनको भनाइ थियो।
संसद्मा बोल्दै सांसद कँडेलले भने, “कोषमा कति पैसा जम्मा भयो ? कति पैसा खर्च भयो ? कहाँ–कहाँ गयो ? स्थानीय तहमा कति गयो ? प्रदेशमा कति गयो ? विपद् प्राधिकरणमा कति गयो, त्यो कुरा अहिलेसम्म हामी कसैलाई थाहा छैन।”
राहत र उद्धारका नाममा विनियोजित रकमको प्रयोगबारे उत्पन्न अन्योल चिर्न औपचारिक रूपमै संसद्मा तथ्यगत विवरण पेस गर्नुपर्नेमा उनले जोड दिए।




प्रतिक्रिया