काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन अर्थात् सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा समेत मूल्य समायोजन भएको व्यवसायीहरूले जनाएका छन्।




प्रतिक्रिया