काठमाडौँ, १६ असोज । गृह मन्त्रालयसँग सम्बन्धित राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर गृहमन्त्री सुधन गुरुङले सभामा टेबल गरेका छन् ।
यसैगरी अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर पनि गृहमन्त्री गुरुङले नै सभासमक्ष टेबल गरेका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग नेपालको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन तथा मुस्लिम आयोग नेपालको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरे ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरे ।




प्रतिक्रिया