वरिष्ठ पत्रकार लम्सालको निधन



काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि फोक्सोको उपचार गराइरहेका थिए ।   
    
स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति थिए । उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।  

यसैबीच, नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाली पत्रकारितामा लम्सालले ५० वर्षभन्दा बढी समय क्रियाशील रही उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएको दाहालले बताएका छन् । रासस