काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि कागजी मतपत्रबाटै मतदान हुने भएको छ। विद्युतीय मतदानको विकल्पबारे छलफल भए पनि सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि रहेकाले मेसिनबाट मतदान गराउँदा पनि मतपरिणाम सार्वजनिक गर्न समय लाग्ने भएपछि कागजी मतपत्रबा६ै मतदान गर्ने भएकाे हाे ।
कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि भोलिदेखि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गर्ने कार्यतालिका छ।
महाधिवेशनमा मतदानका लागि तीनवटा स्थान तोक्ने तयारी गरिएको छ। खुलामञ्च, राष्ट्रिय सभा गृह र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र राख्ने तयारी कांग्रेसको छ।
विद्युतीय मतदानको सम्भावनाबारे राम–लक्ष्मणसँग समेत छलफल गरिएको कांग्रेसका एक नेताले बताए। उनका अनुसार सात हजारभन्दा बढी प्रतिनिधि रहेकाले विद्युतीय मेसिन प्रयोग गर्दा पनि एक–दुई दिनमै मतगणना सकेर परिणाम सार्वजनिक गर्न सम्भव नहुने जानकारी आएपछि कागजी मतदानमै जाने निर्णय गरिएको हो।




प्रतिक्रिया