रुपन्देही । १० वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले तिलोत्तमाबाट एक युवकलाई गोली प्रहार गरी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय युवराज थारु रहेका छन्। उनलाई प्रहरीले तिलोत्तमाको कान्छीबजारस्थित जंगलबाट नियन्त्रणमा लिएको हो।
बालिकालाई अपहरण गरेर जंगलमा लुकाइएको सूचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरीले थारुलाई फेला पारेको थियो। नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अपहरणमा परेकी १० वर्षीया बालिकालाई ३७ घण्टापछि सकुशल उद्धार गरिएको छ। बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बालिकाको सकुशल उद्धार भएको जानकारी दिए।




प्रतिक्रिया