काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा भइरहेका बेला संस्थापन इतर समूहका नेता प्रकाशशरण महतले संस्थापन पक्षले शेरबहादुर देउवा महाधिवेशनमा जाने भ्रम फैलाएको आरोप लगाएका छन्।
रिपोर्टर्स नेपालसँग प्रतिक्रिया दिँदै महतले आफूहरू छुट्टै महाधिवेशनको तयारीमा रहेको बताए।
उनले भने, ‘हामी आफ्नो अधिवेशन गर्दैछौं । हाम्रो महाधिवेशन मंसिर २१ देखि २३ सम्म हुन्छ । १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा हुनुहुन्छ । आगामी मंसिरमा महाधिवेशन भएपछि विधिवत् ढंगले उहाँले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ।’
महतले देउवा यही महाधिवेशनमा सहभागी हुने भन्ने भ्रम संस्थापन पक्षले फैलाएको दाबी गरे। उनका अनुसार मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ।




प्रतिक्रिया