कांग्रेस १५औँ महाधिवेशन: कुन पदमा उम्मेदवार बन्न कति शुल्क ?


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता शुल्क फरक–फरक निर्धारण गरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको शुल्कअनुसार सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ बुझाउनुपर्नेछ। त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूले असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन्। मतदान भने असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने तय भएको छ।