कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे बस्ने भएको छ ।

केन्द्रीय कार्यसमिति बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ ।

त्यसैगरी, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्नेछन् ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हिजोदेखि १५औँ महाधिवेशन काठमाडौँमा जारी छ ।

महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ । बन्दसत्रमा सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने बताइएको छ ।