भक्तपुरमा आगलागी


भक्तपुर । भक्तपुरको जगाती क्षेत्रमा आगलागी भएको छ। आगलागी भएको स्थान नजिकै ग्यास सिलिन्डरको पसलसमेत रहेकाले स्थानीयवासीले तत्काल ग्यास सिलिन्डरहरू सुरक्षित स्थानमा सारेका थिए।

स्थानीयवासी र दमकलको सहयोगमा अग्निनियन्त्रक टोलीले समयमै आगो नियन्त्रणमा लिएपछि ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ। आगलागीका कारण केही घरमा भने क्षति पुगेको छ।

आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।