काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले प्रधानमन्त्री शाहले आइतबार दिएको अभिव्यक्तिलाई लोकतन्त्रको अभ्यासकै रूपमा लिनुपर्ने बताए।
‘प्रधानमन्त्रीले हिजो केही लेख्नुभएको रहेछ। उहाँको अभिव्यक्ति स्वतन्त्रताको म सम्मान गर्छु,’ शर्माले भने, ‘कांग्रेसले संघर्ष गरेर ल्याएको लोकतन्त्रमा सबैलाई आफ्ना कुरा राख्ने स्वतन्त्रता छ।’
उनले लोकतन्त्रको वास्तविक परीक्षण व्यवहारबाट हुने धारणा राखे।
प्रधानमन्त्री शाहले कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च बनाइएको थियो, त्यहाँ गएर नेताहरूले गाली गर्न पाए’ भन्ने आशयको स्टाटस लेखेका थिए। सोही अभिव्यक्तिप्रति शर्माले बन्दसत्रमार्फत प्रतिक्रिया दिएका हुन्।




प्रतिक्रिया