काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
उनले काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।
‘अहिलेलाई उपसभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ उनले भने ।
यसअघि ज्ञानेन्द्र कार्की, विनोद चौधरी, भीष्मराज आङदेम्बे, गोविन्द भट्टराई, धनराज गुरुङ, सुरेन्द्र पाण्डे र जीवन परियारलगायतले उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेसको महाधिवेशनअन्तर्गत आज(मंगलबार) मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।




प्रतिक्रिया