काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने भएको छ ।
नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न चार बजे बन्दसत्र सुरु हुने जानकारी दिए ।
बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ ।
त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।
यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।
यस्तै, सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । रहेको छ ।




प्रतिक्रिया