कांग्रेस महाधिवेशन: उम्मेदवारहरूको गोप्य ‘लिस्ट’ बाहिरियो, सुध्रिएको कांग्रेसभित्र तरंग


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिकाे लागि शुक्रबार बिहान ७ बजेबाट मतदान हुँदैछ ।

बन्दसत्र समापन गर्दै सभापति गगन थापाले बुधबार कांग्रेसमा कुनै गुट नरहेको घोषणा गरेका थिए ।
‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भनेका थिए ।

तर, थापाको उक्त घोषणालगत्तै महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरूको नाम समेटिएको एउटा ‘लिस्ट’ बाहिरिएको छ । उक्त लिस्ट कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले तयार गरेको स्रोतले बतायो । उक्त लिस्टमा सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माकोसमेत मौन समर्थन रहेकोे स्रोतको दाबी छ ।

रोचक पक्ष त के छ भने लिस्टमा पूर्वसभापति शेरबहादुर देउवा निकट मानिएका नेताहरूको नामसमेत समावेश छ । सुधारीएको र बदलिएको कांग्रेसभित्र पनि यो लिस्ट बाहिरिएसँगै पार्टीभित्र तरंग पैदा भएको छ ।

रिपोर्टस नेपाललाई प्राप्त लिस्टमा सभापतिमा गगन थापा, खुला उपसभापतिमा प्रदिप पौडेल र उदय शमशेर राणा,महिला उपसभापतिमा महालक्ष्मी उपाध्याय(डिना) र सहमहामन्त्री महिलामा प्रतिमा गौतमको नाम रहेकोे छ ।